घटना घटेको ४५ दिनभित्र आफ्नो स्थानीय ठेगाना वा हाल बसोबास गरिरहेको वडा कार्यालयको पंजिकाधिकारी (वडा सचिव) कहाँ गई निःशुल्क दर्ता गराउनु पर्छ । ४५ दिन नाघेका तोकिएको जरिवाना लाग्छ ।
सरकारले तोकेको उमेर पुगेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति वा लक्षित वर्गले आफ्नो परिचयपत्र, नागरिता र फोटोसहित सम्बन्धित वडा कार्यालयमा आवेदन दिनु पर्छ । स्वीकृत भएपछि बैंक खातामार्फत भत्ता उपलब्ध गराइन्छ ।
यो कार्य सम्बन्धित वडा कार्यालयले गर्छ । पालिकाको प्राविधिक वा अमिनद्वारा स्थलगत निरीक्षण गराई नियमअनुसारको शुल्क तिरेर वडा कार्यालयबाट चारकिल्ला वा बाटोको सिफारिस प्राप्त गर्न सकिन्छ ।