परवानीपुर गाउँपालिका मधेश प्रदेशको बारा जिल्लामा अवस्थित रहेको छ । नेपालको सबभन्दा सानो गाउँपालिकाको रुपमा परिचित परवानीपुर गाउँपालिका बारा जिल्ला पश्चिम क्षेत्रमा पर्दछ । यस गाउँपालिकाको क्षेत्रफल १५.४८ वर्ग कि.मि. रहेको छ जुन नेपाल कै सबभन्दा कम क्षेत्रफल भएको गाउँपालिका हो । यस गाउँपालिकाको केन्द्र त्रिभुवन राजमार्ग सँग जोडिएको लिपनीमाल, वडा नं. ३ परवानीपुर बजारमा रहेको छ । नेपालको जनगणना, २०७८ का अनुसार यहाँको जनसंख्या २४,७४५ रहेको छ जसमध्ये महिलाको संख्या ११,७०५ र पुरुषको संख्या १३,०४० रहेको छ भने ३९७२ घरधुरी बसोबास गर्दाछन्। जम्मा ५ वटा वडाहरु रहेको यस गाउँपालिकामा साबिकका गाउँ बिकास समितिहरु बहुअरी, लिपनीमाल, रामपुर टोकनी र बुनियाद समावेश रहेका छन् । ५.४६ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. १ (बुनियाद) मा ६१९६ जनसंख्या टोकनी सहित ३.९७ बर्ग किलोमिटर क्षेत्र भएको वडा न.२ मा ३५०५, लिपनीमाल सहित १.७६ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ३ मा ४४११, चैनपुर विर्तासहित १.५७ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ४ मा ५६५१ र बहुअरीसहित २.७२ बर्ग किलोमिटर क्षेत्र भएको वडा न. ५ मा ४९८२ जनसंख्याको बसोवास रहेको छ । यस गाउँपालिकाको केन्द्र वडा नं. ३ लिपनीमालमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा बारा जिल्लाको प्रसौनी गाउँपालिका, पश्चिम र दक्षिणमा पर्साको जिल्लाको वीरगज महानगरपालिका र भने उत्तरमा जितपुरसिमरा उप-महानगरपालिका रहेको छ ।
कृषि प्रधान जिल्लाको रुपमा परिचित बारा भित्र पर्ने २ उप-महागनगरपालिका, ५ नगरपालिका र ९ वटा गाउँपालिका गरी १६ वटा स्थानीय तहका पालिकामध्ये परवानीपुर गाउँपालिका साँस्कृतिक, धर्मिक र सामुदायिक विविधतायुक्त एउटा पालिका हो । जिल्लाको पश्चिममा रहेको यो गाउँपालिका पर्सा बारा औद्योगिक करिडोर क्षेत्रको प्रमुख हिस्सा पनि हो । औद्योगिक हिसाबले यसले देशमैं महत्व राख्ने सिमेन्ट कारखाना, औषधी कारखाना, खाधान्न सम्बन्धी कारखाना, मेशिनरी औजार लगायत धेरै कलकरखाना रहेको छ जसले गर्दा यस गाँउपालिका क्षेत्र धेरै मात्रमा रोजगारी सिर्जना भएको छ । परवानीपुर गाउँपालिका वडा नं. १ र २ मा मुख्य गरी कृषि कार्य अन्तर्गत गहुँवाली,धानवाली, तेलहन, मकै तथा तरकारी आदिको खेतीपाती गरिन्छ त्यसै गरी पशुपालन अन्तर्गत गाई भैसी पालन, बाख्रापालन, माछापालन लगायत पन्छीपालन जस्ता स-साना आर्थिक क्रियाकलाप यहाँ आम मानिसहरु संलग्न रहेका छन् । का साथै हाँस-कुखरा, परेवाजस्ता घरपालुवा पंछीपालनको आधारमा यहाँको परम्परागत आर्थिक ब्यवस्था रहेको पाइन्छ । साना ब्यवसाय, उद्यमशिलता विकास, बैदेशिक रोजगारी तथा नोकरी जस्ता ब्यवस्थित आर्थिक स्रोत पनि स्थानीयले अपनाएको पाइन्छ ।